Title: गृह
Author: WordPress.org
Published: जनवरी 5, 2016

---

![](https://wordpress.org/files/2026/06/WCUS-2026.png)

WordCamp US 2026 is coming to Phoenix this August. [Get your tickets](https://us.wordcamp.org/2026/)

# वर्डप्रेस चिन्नुहोस्

विश्वभरका लाखौँ वेबसाइटहरूको रोजाइमा परेको खुला स्रोत प्रकाशन मञ्च — स्रष्टाहरू,
साना व्यवसाय र ठूला उद्यमहरूसम्मका लागि।

![](https://wordpress.org/files/2024/04/brush.png)

![](https://wordpress.org/files/2025/12/wporg-69-design.png)

## **डिजाइन**

लचकदार डिजाइन उपकरणहरू र [ब्लकहरू](https://wordpress.org/blocks/) को शक्तिको प्रयोग
गरेर कुनै पनि वेबसाइट सिर्जना गर्नुहोस्। खाली क्यानभासबाट सुरु गर्नुहोस् वा [थिम](https://wordpress.org/themes/)
छान्नुहोस्। कुनै पनि कोडको आवश्यकता बिना प्रत्येक विवरण कस्टमाइज गर्नुहोस्।

![](https://wordpress.org/files/2025/12/wporg-69-build.png)

## **बनाउनुहोस्**

तपाईँले सामग्री थप्दा, सम्पादन गर्दा र पुनःक्रमबद्ध गर्दा समेत, तपाईँको साइट वास्तविक
समयमा कस्तो देखिन्छ भन्ने हेर्नुहोस्—सबै कुरा व्यवस्थापन गर्न सहज सम्पादन र एकीकृत
सुविधाहरू सहित।

[ब्लक सम्पादक प्रयोग गरी हेर्नुहोस्](https://wordpress.org/gutenberg/)

![](https://wordpress.org/files/2025/12/wporg-69-publish.png)

## **विस्तार गर्नुहोस्**

आफ्नो साइटलाई आफ्नो आवश्यकता अनुरूप बनाउनुहोस्। पसल, एनालिटिक्स, न्युजलेटर, सामाजिक
मिडिया एकीकरण थप्नुहोस्; वृहत् [प्लगिन](https://wordpress.org/plugins/) लाइब्रेरी
मार्फत पूर्ण नियन्त्रण प्राप्त गर्नुहोस्।

## नयाँ के छ हेर्नुहोस्

वर्डप्रेस 7.0 ले यसलाई आफ्नै बनाउन दिन्छ: आफ्ना मनपर्ने एआई प्रोभाइडरहरू जडान गर्नुहोस्
र तिनीहरूलाई आफ्नो साइटभरि काममा लगाउनुहोस्। एकल ब्लक जस्तै व्यवहार गर्ने प्याटर्नहरू
राख्नुहोस्, पूर्ण ब्लक स्वतन्त्रतासहित नेभिगेसन ओभरले डिजाइन गर्नुहोस्, र दृश्यात्मक
संशोधन इतिहाससँग परिवर्तनहरू छिटो पुनर्स्थापना गर्नुहोस्।

[वर्डप्रेस ७.० अन्वेषण गर्नुहोस्](https://wordpress.org/download/releases/7.0/)

![](https://wordpress.org/files/2026/05/wporg-70-new.png)

## एक प्लेटफार्म, सम्भावनाहरूको ब्रह्माण्ड

संसारभरबाट सुन्दर डिजाइन, प्राविधिक आविष्कार र वर्डप्रेसको असीमित शक्तिलाई हाइलाइट
गर्न क्युरेट गरिएका वेबसाइट उदाहरणहरूको सङ्ग्रह पत्ता लगाउनुहोस्।

![रोलिङ्ग स्टोन लोगो](https://wordpress.org/files/2023/12/rolling-stone.png)

![टाइम पत्रिकाको लोगो](https://wordpress.org/files/2022/08/Time-Magazine.png)

![नासा लोगो](https://wordpress.org/files/2023/10/NASA-1.png)

![माइक्रोसफ्टको लोगो](https://wordpress.org/files/2023/10/Microsoft.png)

![टेकक्रन्च लोगो](https://wordpress.org/files/2023/10/tech-crunch.png)

![हार्भर्ड लोगो](https://wordpress.org/files/2023/10/Harvard.png)

[सोकेस अन्वेषण गर्नुहोस्](https://wordpress.org/showcase/)

![](https://wordpress.org/files/2023/10/showcase-top-row-full.png)

![](https://wordpress.org/files/2023/10/showcase-middle-row.png)

![](https://wordpress.org/files/2023/10/showcase-bottom-row.png)

## वर्डप्रेस समुदायलाई भेट्नुहोस्

यस प्रविधिको पछाडि संसारभरका विविध व्यक्तिहरूको सहकार्य र भेला भएको समूह रहँदै आएको
छ। हामीले वर्डप्रेस र नवीनतम प्रविधि प्रवृत्तिहरूबारे थप जान्न, उद्योगका अन्य विज्ञहरूसँग
जडान हुन, र तपाईँको व्यवसायिक विकासलाई प्रवर्द्धन गर्न नियमित रूपमा कार्यक्रमहरू
आयोजना गर्दै आएका छौँ।

हामी खुला स्रोतको भावना र अवरोधबिनै निर्माण, रूपान्तरण र साझा गर्ने स्वतन्त्रताले
एकताबद्ध भएका छौँ। सबैलाई स्वागत छ।

[तपाईँ नजिकको कार्यक्रम फेला पार्नुहोस्](https://events.wordpress.org/)

![वर्डप्रेस कार्यक्रममा दर्शकदीर्घामा बसेका उत्साहित, ताली बजाउँदै गरेका सहभागीहरूको
सेतो–कालो फोटो हो।](https://wordpress.org/files/2024/04/photo-community-1.png)

## **आफ्नै लागि निर्माण गर्नुहोस्, तर एक्लै होइन**

चाहे तपाईँ एक उद्यमी, व्यावसायिक डेभलपर वा सुरुवाती ब्लगर हुनुहुन्छ, त्यहाँ संसाधन
र सिकाउने टुलहरूको लाइब्रेरी तपाईँको लागि तयार छ। साथै, तपाईँसँग सम्पूर्ण वर्डप्रेस
समुदायको साथ पनि छ।

[वर्डप्रेस कसरी प्रयोग गर्ने सिक्नुहोस्](https://learn.wordpress.org/)

[आफ्नो ब्राउजरमा वर्डप्रेस परीक्षण गर्नुहोस्](https://wordpress.org/playground/)

[दस्तावेज खोज्नुहोस्](https://wordpress.org/documentation/)

[कोडको गहिराइमा जानुहोस्](https://developer.wordpress.org)

## नवीनतम वर्डप्रेस समाचार

[थप समाचार](https://wordpress.org/news/)

 * [वर्डप्रेस ७.० "आर्मस्ट्रङ"](https://ne.wordpress.org/2026/05/21/wordpress-7-0-armstrong/)
 * [अवर्गीकृत](https://ne.wordpress.org/category/uncategorized/) · मे 21, 2026
 * [वर्डक्याम्प नेपालको छैठौँ संस्करण पोखरामा हुने](https://ne.wordpress.org/2023/12/26/wordcamp-nepal2024-to-be-held-in-pokhara/)
 * [अवर्गीकृत](https://ne.wordpress.org/category/uncategorized/) · डिसेम्बर 26, 
   2023
 * [State of the Word Recap (स्टेट अफ द वर्ड किनोट )](https://ne.wordpress.org/2023/12/13/state-of-the-word-2023-recap/)
 * [सूचना](https://ne.wordpress.org/category/notice/) · डिसेम्बर 14, 2023

## 󠀁[सुरु गर्नुहोस्](https://ne.wordpress.org/download/?output_format=md)󠁿

तपाईँलाई सुरु गर्न आवश्यक सबै चिजहरू फेला पार्नुहोस्, प्लेटफर्म डाउनलोड गर्नुहोस्,
होस्टिङ खोज्नुहोस् र अरू पनि — चाहे तपाईँको पहिलो साइट होस् वा ९१ औँ साइट।